Monday, March 30, 2015

बलात्‍कृत न्याय (लघुकथा)



देशको राजधानी शहर काठ्मान्डौं बिहान अबेर सम्म सुतिरहेथ्यो। शहरका प्रमुख पत्रीकाहरु साइकल चढेर दैलो- दैलोमा पुगिसकेका थिए। 
भगवान स्वयम्भुनाथका आँखा अडिए यिनै पत्रीकाहरुले निस्फिक्री पस्किएका ताजा समाचारहरुमाथी। 
सम्विधान्सभामा कुर्सी तोड्फोड, भोली देशब्यापी बन्द, त्रिसुली बसदुर्घटनमा म्रितकहरुका लाश अझै बेपत्ता, माल्पोतका हाकिम घुस लिदलिदै पक्राउ, दाइजो नल्याएको निहुमा नवबिवाहिता लाई जिउदै जलाइयो, सामुहिक बलात्कारमा परी जीवन -म्रित्युको दोसाँधमा/ प्रहरिले घटनाको जहेरी लिनामानेन, शहरमा भ्रुणहत्या बढ्यो, आदी यस्तै यस्तै देखिए खबर सीर्शकहरु। बिकास, निर्माण, सहमती, प्रगती, अमन, भाईचारा, देशप्रेम घुम्घुम्ती खोजे स्वयम्भुनाथले तर देशको खबरमा खोजेको भेटिएन।
लामो सुस्केर लिएर अन्तिमपल्ट छुट्ट्याउन खोजे न्याय अनी अन्याय तर देखे केवल देश जलिरहेको, अन्यायको पिडामा पिल्सिरहेको।
त्यही सुस्केरासङै श्री स्वयम्भुनाथका युगल नयन बाट तुरुक्क चुहिए दुई थोपा आँशु र बिलाए तल बगिरहेको जीर्ण बागमतीमा। 
tirthraj08@gmail.com
(Published in nepalkanoon.com)

No comments:

Post a Comment